बलिउडमा वंशवादको विषयमा चलिरहेको बहसमा अब सोहेल खानकी श्रीमती सीमा खानको टिप्पणी सार्वजनिक भएको छ । सीमा खानले सेलिब्रिटी परिवारको हुँदासमेत धेरै मानिसहरुले बलिउडमा केही ठूलो गर्न नसकेको आफूले धेरै उदाहरण देखेको बताएकी छिन् ।

यसका लागि उनले आफ्ना श्रीमान् सोहेल खानको उदाहरण दिइन् । उनले भनिन्, ‘क्षमता बोल्छ । इन्डष्ट्रिमा यस्ता थुप्रै कलाकार छन् जो ठूला परिवारबाट आउँछन् तर खासै केही गर्न सक्दैनन् । यसमा मेरा श्रीमान् पनि संलग्न छन् । वंशवादको यो अर्थ होइन कि तपाईंले केही गरि छाड्नुहुन्छ । अन्त्यमा तपाईं गम्भीर हुन आवश्यक छ र अथक प्रयास र लगनशीलता चाहिन्छ । यो जीवनको हरेक क्षेत्रमा लागू छ । यहि एक मन्त्र हो, म पनि यसलाई मान्छु । म आफ्नो छोरालाई पनि यहि कुरा सिकाउने गर्छु ।’

हालै करण जोहरको शो ‘द फ्याबुलस लाइभ्स अफ बलिउड वाइभ्स’ मा सरिक भएकी सीमा खान व्यवसायिक रुपमा फेसन डिजाइनर हुन् । सीमा खानले भनिन्, ‘यो शोमा हाम्रै जीवनबारे कुरा गरिएको छ । कुनै पनि महिलाको जीवनको एउटा ठूलो हिस्सा उसको परिवार र बच्चा हुन्छ । यस्तो नहुनु जीवनको वास्तविकताको विपरित हो ।’

सीमा र सोहेल खान अलग रहन्छन् । यस्तोमा दुबैको सम्बन्धबारे प्रश्न उठ्न थाल्छन् । के दुबैजना अलग्गिएका हुन् ? यो प्रश्नको जवाफमा सीमा खान भन्छिन्, ‘यो शोमा सबैकुरा वास्तविक नै देखाइएको छ । यसबाहेक मैले सधैं आफ्नो कुरा खुल्ला रुपमा राख्ने गरेकी छु । हाम्रो विवाह सामान्यभन्दा थोरै भिन्न छ ।’

गत वर्ष जूनमा अभिनेता सुशान्त सिंह राजपूतको संदिग्ध परिस्थितीमा मृत्यु भएपछि बलिउडमा वंशवादको विषयमा बहस निकै तीब्र छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS