सेलिब्रेटी फेसन डिजाइनर स्वप्निल सिन्दे नयाँ वर्षदेखि आफ्नो पहिचान बदलेर सायशा बनेका छन् । स्वप्निल बलिउडका चर्चित डिजाइनर हुन् । उनले श्रद्धा कपूर, करिना कपूर, दीपिका पादुकोण, कियारा आडवाणीलगायतका सेलिब्रेटीहरुको पोशाक डिजाइन गरिसकेका छन् ।

स्वप्निलका अनुसार कलेज पढ्दादेखि नै आफू पुरुषतर्फ धेरै आकर्षित छु भन्ने हेक्का उनलाई भइसकेको थियो ।
तर, ६ वर्षअघि मात्रै उनले स्पष्टसँग बुझे, ‘मानिसले पूरुष सम्झेपनि म पुरुष होइन ।’ नेशनल इन्स्टिच्युट अफ टेक्स्टाइलबाट फेशनको पढाई पूरा गरेका स्वप्निल आफ्नो ब्याचका प्रतिभावान् छात्रहरुमध्ये एक मानिन्छन् । उनी भन्छन्, ‘म कलेजको समयनिकै लजाजु स्वभावको व्यक्ति रहें । म आफैं धेरै सोचेर बस्थें, तर चाडैं मलाई याद भयो कि म युवकहरुतर्फ धेरै झुकाव राख्छु । यसबारे मैले एक दुईजनासँग कुराकानी गरें, त्यसपछि मलाई लाग्यो कि समलिङ्गी हुनु गलत होइन र मैले आफैंलाई पनि ‘गे’ मान्न थालें । तर यतिबेलासम्म पनि मैले आफुलाई बुझेको थिइनँ ।’

स्वप्निल सिन्देका अनुसार ६ वर्ष पहिले उनलाई यस कुराको महसुस हुन थाल्यो । उनलाई थाहा भयो कि हेर्दा पूरुषजस्तो देखिएपछि उनी पुरुष होइनन, उनलाई आफ्नो शरीरको संरचना पुरुषजस्तो लाग्दैन । यसपछि उनले आफूभित्र लुकेको स्त्री र स्त्री गुण खोज्न थाले । अनि, चिकित्सकहरुसँग परामर्श गरे । बुधबार आफ्नो खोज पूरा गर्दै उनले आफ्नो नयाँ परिचय सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो पुरै कथा बताएर उनले नयाँ नाम ‘सायशा’ का रुपमा आफूलाई बोलाउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS