मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानि अपनाउनु होला आजको दिन मध्ययम रहेकोछ । तरपनी सेना, प्रहरि ,गुप्तचर ,सुरक्षा सँगठन,उद्योग, ब्याबस्थापन, जस्ता क्षेत्रमा काम गर्नेहरुका लागी उत्तम रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परिनेछ । तरपनि बैक तथा बित्तिय क्षेत्र,चलचित्र क्षेत्रसँग सम्बन्धित कामहरु फिलिम,मोडलिङ, फेसन डिजाईनिङ, गल्यामरस जस्ता क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनीतिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुनेयोग रहेकोछ । सञ्चार जगत,ईन्फर्मेसन टेक्नोलोजि, सफ्टवेयर डिजाईनिङ,स्टक एक्चेञ्ज,चार्टर एकाउन्टेण्ट,व्यापार,हास्य ब्याङग्य कलाकार,लेखक,साहित्यकार,राजदुत तथा चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागी अझ समय शुभ रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरी उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समय मध्ययम रहेकोले गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ सचेत रहनुहोला । तरपनि लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा हुनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ । मायाप्रेममा विश्वासको वाताबरण झन कसिलो भएर जानेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । पुराना समस्या पुनह बल्झन तथा ऋण लाग्नेछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । तरपनि ब्यापार ब्याबसाय,बाणिज्य,लेखन,कलासाहित्य तथा सबैखाले प्राबिधिक पेशा व्यावसाय ,कम्यूनिकेशन,अफिसर, वलिक, राजनीतिक सल्लाहकार, शिक्षक आदि पेशा व्यावसायमा समय लगानी गर्नेहरुका लागी उत्तम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

मामा तथा मावली पक्षबाट तपार्ईँको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । कूटनीति, परराष्ट्र,राजनीति,राजदुत वा यस्तै कार्यमा आफुलाई अब्बल साबित गर्ने समय रहेकोछ । त्यसैगरि स्पेश ईन्जिनियर,खगोलबिज्ञान,जिनेटिक ईन्जिनियर,कपडा,कागज,प्रेस तथा मिडिया जस्ता क्षेत्रमा यो शुभ रहकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दिउसोबाट समय मध्ययम रहेकोले पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । कबि, दार्शनिक, लेखक, समालोचक,बिचारक तथा गुप्तचर जस्ता क्षेत्रमा सफलता प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाडा हुनुपर्दा नरमाईलो लाग्नेछ । स्थाई सम्पतिमा विवाद आउनेछ । तरपनि प्रशासन, शिक्षण, मेडिकल,अनुबादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि काम गर्नेहरुका लागी राम्रो रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । छोटो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । परिवारका साथ सँगै बसेर मिष्ठान्न भोजन ग्रहण गर्दै व्यातित गर्न सकिनेछ । लामो समय देखि रोकिएर बसेका चलचित्र तथा कलाकृतिसँग सम्बन्धीत कामहरु हुनेछन् । ईन्जिनियर, डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ ब्याबस्थापन, मार्केटिङ, बिमा, एकाउन्ट,बैक तथा बित्तिय सस्था जस्ता क्षेत्रमा चाडै सफलता प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविश्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दिगो फाईदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । दिउसोबाट समय मध्ययम रहेकोले स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । तरपनि वैदेशिक क्षेत्रसँग सम्वन्धीत कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । हास्य बिधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS