सिरहा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुर्योधनको संज्ञा दिएका छन् ।

शनिबार सिरहाको बस्तिपुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कारण नेकपा र देशको यस्तो अवस्था आएको बताए ।

जय गोविन्द साहको ३१ औँ स्मृतिसभामा अध्यक्ष नेपालले ओलीलाई आफूहरुले सुधार्नको लागि अन्तिमसम्म प्रयास गर्दा पनि आफूहरुले सुधार्न नसकेको बताए ।

उनले ओली दुर्योधन जस्तै रहेको बताउँदै उनले भने, युधिष्ठिर भएपछि धर्मको शासन हुन्छ, तर दुर्योधनको शासन भएपछि पुरा वशंकै नाश हुन्छ । केपी ओलीमा भस्मासुर प्रवृति हो, कहिले कसलाई भस्म गर्ने हो, थाहा छैन् ।

ओली पुँजीवादीको बाटोमा हिडेर समाजवाद आउछु भन्नू बेतुकको गफ रहेको भन्दै उनले ओली कम्युनिष्ट आन्दोलन बिर्सिकेको बताए ।

उनले अघि थप्दै भने, डोनाल्ड ट्रम्प चुनाव हारेपछि सत्ता कब्जा गर्न खोजेपछि उनीमाथि महाअभियोग लाग्ने भयो । त्यस्तै ओलीले संसद विघटन गरेका छन् । संसद विघटन गरेपछि उनी कामचलाउ सरकार नै हो । कुन दिन उनी झर्छन कसैलाई थाहा छैन ।

असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई संकटमा धकेलेको भन्दै उनले ओली झुट, अहंकार र घमण्डको दोश्रो नाम रहेको बताए । ओली पार्टीको नेता हुने लायक नरहेको समेत दावी गरे ।

तपाईको प्रतिक्रिया

RELATED POSTS