बागमती प्रदेशका प्रदेशसभा सदस्य केशव स्थापितले गाँजा खेतीका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन् । उनले गाँजा खेतीका लागि लाइसेन्स दिनका लागि आवश्यक प्रवन्ध गर्न पनि प्रधानमनन्त्री केपी शर्मा ओलीसँग माग गरे ।

शनिबार राजधानीमा ओली पक्ष निकट राष्ट्रिय युवासंघले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले जनयुद्ध भएको क्षेत्रका जनतालाई गाँजा खेतीको लाइसेन्स दिने हो भने उनीहरुले प्रचण्ड–माधव नेपालको साथ छोड्ने समेत दावी गरे ।
अध्यादेश मार्फत सरकारले गाँजा खेती खुला गर्ने हो भने केपी ओली नेतृत्वको नेकपालाई जनताले फेरि बहुमत दिने उनको दावी थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS