फराह खानले हिजो अर्थात् जनवरी ९ तारिखमा आफ्नो ५६ औं जन्मदिन मनाइन् । उनको जन्मदिनको अवसरमा उनीसँग जोडिएको एउटा रोचक किस्साबारे जानकारी लिऔं ।
फराहले एकपटक फिल्म निर्माता तथा निर्देशक करण जोहरलाई विवाहका लागि प्रस्ताव गरेकी थिइन् तर करणले ‘प्राविधिक समस्या’ बताउँदै उनको प्रस्ताव अस्विकार गरिदिए ।

फराह खान र करण जोहरको दोस्ती लामो समयदेखिको हो । दुबैको २५ वर्षभन्दा बढी समयदेखिको चिनजान छ । एक समय यस्तो पनि थियो जब फराह खान करण जोहरसँग विवाह गर्न चाहन्थिन् ।
साजिद खान र रितश देशमुख कार्यक्रम ‘यादों की बारात’ होस्ट गर्दथ । उक्त शोमा नै करणले फराहले उनलाई मन पराउने गरेको र उनलाई पट्याउनका लागि निकै कोसिस पनि गरेको बताएका थिए । यसमा फराह खानले पनि सहमति जताइन् ।
फिल्म कुछकुछ होता हैको सुटिङ स्कटल्याण्डमा भइरहेको थियो । त्यतिबेला करण जोहरको कोठामा फराह खान राती गएकी थिइन् । करण जोहरले यसबारे कुरा गर्दै भनेका थिए, ‘मध्य रातमा एक युवती जब कुनै केटाको कोठामा आउँछिन्, यो बहाना गरेर कि मेरो कोठामा भूत छ । के म भूतसँग राइम्स गर्ने व्यक्ति हुँ ?’
यसबारे फराह खानले भनिन्, ‘म करण जोहरसँग विवाह गर्न चाहन्थेँ तर उनले आफूमा प्राविधिक समस्या भएको बताउँदै मेरो प्रस्ताव अस्विकार गरिदिए । ’
फराह खान फिल्म निर्देशक हुन् र उनले थुप्रै फिल्मको निर्देशन गरिसकेकी छिन् । फराह हाल शिरिष कुन्दरसँग विवाहित छिन् र उनीहरुका तीन सन्तान छन् । उनीहरुको नाम दीया, अनाया र साइजर हो ।