शनिबार बेलुकी मौनी रोय तब अचानक चर्चामा आइन् जब नेशनल स्टक एक्सचेन्जले आफ्नो आधिकारिक सोसल मिडिया ह्यान्डलबाट उनका दुई ग्ल्यामरस फोटो सेयर गरिदिए । क्याप्सनमा …. जस्ता ह्यासट्याग लेखिएको थियो, ‘शनिबारको तापक्रम बढिरहेको छ । मौनी रोय निकै लोभलाग्दी देखिएकी छिन् ।’ यद्यपि, पछि यो पास्ट डिलिट गरियो ।

 

एनएसईले गल्तीका लागि माफी माग्योः

पोस्ट डिलिट गरेपछि नेशनल स्टक एक्सचेन्जले आफ्नो गल्तीका लागि खेद जताउँदै माफी मागेको छ । उनीहरुले लेखेका छन्, ‘आज १२ः२५ बजे एनएसईको ह्यान्डलबाट नचाहिँदो पोस्ट गरिएको थियो । यो एक मानवीय भूल थियो जुन एनएसईको अकाउन्टलाई ह्यान्डल गर्ने एजेन्सीले गरेको थियो । कुनै ह्याकिङ भएको होइन । असुविधाका लागि हामी आफ्ना फलोअर्ससँग माफी माग्छौं ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS