काठमाडौं । १८ वर्ष उमेर पूरा भएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका अन्य व्यक्तिलाई आजदेखि कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइँदै छ । उनीहरुलाई चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको हो ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षभन्दा माथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताए ।

खोप लगाउन परीक्षाको प्रवेशपत्र र उमेर खुल्ने कागजात देखाउनु पर्ने छ ।

यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सन्चालन हुने छ । बिहान १० बजेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ । खोप लगाउने सम्बन्धी सूचनामा ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने उल्लेख छ ।

यी हुन् खोप केन्द्रहरु

  • सशस्त्र प्रहरी अस्पताल, बलम्बु
  • वीरेन्द्र सैनिक अस्पताल, छाउनी
  • राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
  • नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
  • वीर अस्पताल, रत्नपार्क
  • निजामति कर्मचारी अस्पताल, वानेश्वर
  • परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
  • शिक्षण अस्पताल, महाराजगञ्ज
  • काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
  • अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र

 

 

तपाईको प्रतिक्रिया

RELATED POSTS