सलमान खान र कट्रिना कैफ आफ्नो फिल्म टाइगर थ्रीका लागि रुस प्रस्थान गरेका छन् । यी दुईलाई मुम्बई विमानस्थलमा देखिए । यो क्रममा विमानस्थलमा केन्द्रीय औद्योगिक सुरक्षा बलका एक जवानले अनुसन्धानका लागि सलमान खानलाई गेटमा नै रोकिदिए ।

 

 

View this post on Instagram

 

A post shared by Viral Bhayani (@viralbhayani)

 

विमानस्थलबाट एउटा भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा सलमान खानलाई विमानस्थलतर्फ गइरहेको देख्न सकिन्छ । उनीसँग उनको टीम पनि छन् र फोटोग्राफरले उनको तस्बिर माग गरिरहेका छन् । सलमान दुई महिनाका लागि विदेश जान लागेको बताइन्छ ।

सलमान खान विमानस्थलको गेटतर्फ अघि बढ्छन् जहाँ टिकट र परिचयपत्रको अनुसन्धान चलिरहेको छ । यस्तोमा एक जवानले सलमान खानलाई भित्र जानबाट रोकिदिन्छन् । साथै उनले पापाराजीलाई पछि हट्न पनि भन्छन् । त्यसपछि सलमान टीमसँग उभिन्छन् ।

अब ती अधिकारको तारिफ सोसल मिडियामा भइरहेको छ । प्रयोगकर्ताका लागि ती जवान हिरो बनेका छन् जसले सलमान खानलाई सेलिब्रिटी नभई एक सर्वसाधारणको रुपमा व्यवहार गर्दै गेटमा अनुसन्धानका लागि रोके ।

सलमान खानसँग कट्रिना कैफ पनि मुम्बई विमानस्थलमा देखिइन् । कट्रिनालाई पूरा कालो पहिरनमा देखियो । उनले कालो जिन्स, जुत्ता र स्वेटसर्ट लगाएकी थिइन् । साथै कालै रङको मास्क पनि लगाएकी थिइन् ।

स्मरण रहोस्, टाइगर थ्री फिल्म एक था टाइगर फ्रेन्चाइजीको तेस्रो फिल्म हो । यसअघि टाइगर जिन्दा हे फिल्म आएको थियो जुन पहिलो फिल्मको सिक्वल थियो । यसपटक सलमान खान, इमरान हाशमीसँग देखिनेछन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS