२ बर्ष अगाडि भारतमा एक डाक्टरलाई बलात्कार गरी हत्या गरिएको खबरले विश्व बजार हल्लाएको थियो । हैदराबादमा डाक्टरको बलात्कार गरी हत्या गरिएको र उनको शव जलाइएको घटनाले मानिसहरुमा आक्रोश पैदा गरेको थियो । सो समयमा बलिउडका सेलिब्रिटीहरुले समेत घटनाको बिरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका थिए ।

तर, बलिउडका ३८ जना सेलिब्रिटीले सामाजिक संजालमा विरोध जनाउँदा बलात्कृत भएकी डाक्टरको नाम समेत उल्लेख गरेका थिए । उनै, ३८ जना सेलिब्रिटी विरुद्ध दिल्लीका एक वकिलले अदालतमा मुद्दा दायर गरेका छन् । सामाजिक संजालमा पीडित महिलाको नाम उल्लेख गरेको भन्दै सेलिब्रिटी विरुद्ध मुद्दा दायर गरिएको हो ।

बलिउड कलाकारहरु अनुपम खेर, फरहान अख्तर, अजय देवगण, अक्षय कुमार, सलमान खान, महाराजा रवि तेजा, राकुल प्रित सिंह, अल्लु सिरिस लगायतका कलाकार विरुद्ध मुद्दा दायर गरिएको हो । सामाजिक संजाल वा कुनै पनि मिडियामा पीडितको नाम उल्लेख गर्न नपाइने कानुन छ । भारतको कानुन विरुद्ध सेलिब्रिटीहरुले पीडितको नाम उल्लेख गरेको भन्दै गौरव गुलाटी नामका वकिलले मुद्दा दायर गरेका हुन् ।

गुलाटीले ३८ सेलिब्रिटीलाई तत्काल पक्राउ गरेर कारवाही गर्न अदालतसँग माग गरेका छन् । उनीहरुले सामाजिक उत्तरदायित्व समेत निर्वाहा गर्न नसकेको आरोप उनको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS