हलिउडका चर्चित अभिनेता माइकल केविलियम्स निधन भएको छ । अभिनेता न्युयोर्क शहरमा रहेको आफ्नै अपार्टमेन्टमा मृत भेटिएका हुन् ।

५४ बर्षीय अभिनेतालाई न्युयोर्क पुलिसले मृत अवस्थामा फेला पारेको हो । अहिलेसम्म उनको मृत्युको कारण खुल्न नसकेको न्युयोर्क पुलिस विभागले जनाएको छ ।

‘पुलिसले सेप्टेम्बर ६ दिउँसो २ बजे ब्रुकलिनको विलियम्स अपार्टमेन्टबाट आपतकालीन फोन प्राप्त गर्यो । त्यसपछि पुलिस अभिनेताको घर पुगेको थियो । प्रहरी पुग्दा उनी मृत भेटिए’ न्युर्योक पुलिस विभागका प्रवक्ता लेफ्टिनेन्ट जो गिमोएलले भने ।

प्रहरीले घटनास्थलबाट लागु औषध समेत बरामद गरेको छ । अभिनेता ड्रग्सको ओभरडोजबाट समेत मरेको हुन सक्ने पुलिसको आशंका रहेको छ ।

पुलिसले उनको शव नियन्त्रणमा लिएर पोस्ट मार्टमका लागि पठाएको छ । पुलिसले अहिले यो बिषयमा अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS