मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काममा अनायासै हस्तक्षेप गर्नेहरूलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीले हरेक पाइलामा समर्थन पाइने योग रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाब सिर्जन हुने योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यवहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यवसायमा लगानी गर्ने समय नरहेकोले केही समय पर्ख र हेरको रणनीति अपनाउनु होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरू हुनेछन् भने पछि पश्चात्ताप हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सुन्दर तथा विलासी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरन अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दूरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्तजन तथा दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयाँ पैसा प्रशस्त कमाउन सकिनेछ । रोजगारीका अवसरहरू सिर्जना गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) यात्रा गर्दा ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) हतार गर्ने बानिले अनावश्यक विवादमा फस्ने योग रहेको छ । आफ्ना कमजोरीहरू भरसक लुकाउने प्रयास गर्नुहोला अरूले आलोचना गर्न सक्छन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक सम्बन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामीप्य बढेर जानेछ ।भौतिक सम्पत्ति तथा सवारी साधनको प्राप्तिको गतिलो योग रहेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS