काठमाडौं । काठमाडौंको सेतो पुलमा शंकास्पद वस्तु फेला परेको छ । सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जानकारी दिए ।

 

विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS