काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले शिष्टाचार भेटवार्ता गरेकी छन् । उपाध्यक्ष सुमारले अर्थ मन्त्रालयमा पुगेर शनिबार अर्थमन्त्रीसँग भेटवार्ता गरेकी हुन्

एमसीसीबारे छलफल गर्नका लागि सुमारले अर्थमन्त्री शर्मालाई भेटेकी हुन् । भेटका क्रममा अर्थमन्त्री शर्माले एमसीसीबारे राजनीतिक तहमा छलफल भइरहेको बताएको अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

एमसीसी उपाध्यक्ष सुमारले भने एमसीसीलाई छिटो संसद्‌बाट अनुमोदन गरेर कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

एमसीसी उपाध्यक्ष सुमारले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायतसँग भेटेर एमसीसीबारे छलफल गरिसकेकी छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS