स्वर किन्नरी स्वर्गीय गायिका अरुणा लामाको जन्मदिनको अवसरमा ‘हाँसी हाँसी जलिरहेको’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा कविता श्रेष्ठको स्वर, नरेन्द्रराज प्रसाईंको शब्द र कुन्दनराज सुब्बाको संगीत छ ।

भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र आयुश छेत्री (प्रिन्सेस) को अभिनय छ । घरेलु हिंसामा नारीको मौनता देखाउन खोजिएको भिडियो नवराज उप्रेतीले छायाँकन गरेका हुन् । किरण गिरीको सम्पादन, श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स, यमु शर्माको कथा रहेको भिडियोको निर्देशन युष क्षत्रीले गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS