प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकको काम कारवाही सुरु भएलगत्तै एमाले सांसदहरुले नाराबाजी थालेका थिए । सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुखले आफ्नो अधिकारका लागि बोल्दा अरुको अधिकार हनन् नगर्न भन्दै पटक–पटक आग्रह गरेका थिए । सभामुखको आग्रहलाई बेवास्ता गर्दै सांसदहरुले नाराबाजी जारी राखेका थिए । त्यसलगत्तै सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

गत शुक्रबारको बैठकमा एमाले सांसदहरु मर्यादापालकको काँधमा चढ्ने, माइक तान्ने लगायतका क्रियाकलाप गरेपनि आजको बैठकमा भने संयमित हुने भएका छन् । प्रतिनिधिसभा बैठक अघि बसेको एमाले संसदीय दलको बैठकमा सो दलका संसदीय दलका नेता केपी शर्माओलीले बैठकमा संयमित हुन निर्देशन दिएका थिए । उनले निश्चित र मर्यादित नारा लगाउन मात्र निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS