संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ। उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको थियो। आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी आरोपित लोकबहादुरलाई सार्वजनिक गरेको हो।

गत सोमबार तेजबहादुर कार्कीसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो। उनीहरूको शव चार वटा ठाउँमा फेला परेको थियो। आमा पार्वताको घरभित्र फेला परेको थियो भने अरूको बाहिर थियो।

प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसीका अनुसार उनीहरूको हत्या बिहान ६ देखि साढे ६ बजे बिचमा भएको थियो।

करिब ८ बजे लोकबहादुरले नै बडा बाको लास देखेको भन्दै अरूलाई खबर गरेका थिए। उनले खबर गरेपछि अरू पनि घटनास्थल पुगे। वडाध्यक्ष खेमनाथ कटुवाललाई पनि खबर भएपछि प्रहरीलाई साढे ९ बजेमात्रै खबर भयो।

त्यसपछि अनुसन्धान गर्न प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली घटनास्थल पुग्यो।

तालिमप्राप्त कुकुर पनि घटनास्थलमा पुगेको थियो। मादी नगरपालिकाका मेयर बिदुरकुमार लिंथेपले प्रहरीलाई बस्ने व्यवस्था मिलाइदिएका थिए।

अनुसन्धानको नेतृत्व एसपी दाहालले गरेका थिए। प्रहरीले स्थानीयकै घरमा बसेर अनुसन्धान गर्न थालेको थियो।

‘घटना विभिन्न कोणबाट अनुसन्धान र विश्लेषण गर्‍यौं। घटना कसरी भयो र कारणहरू के-के हुन सक्छन् भनेर अनुसन्धान अगाडि बढायौं। व्यक्तिगत रिसिइबी, आवेग, रिस, कुनै सुनियोजित तरिका, लुटपाटलगायत कुराहरूको विश्लेषण गर्दै गयौं,’ डिआइजी बिसीले आइतबार पत्रकार सम्मलेनमा भने।

त्यसरी विभिन्न कोणबाट अनुसन्धान गर्न प्रहरीले लुटपाटका लागि वा बाहिरबाट आएर कसैले हत्या गरेको खुलेन। किनकी घरमा भएका नगद र सुनहरू सुरक्षित भेटिएको थियो।

त्यसरी एकपछि अर्को सम्भावनालाई विश्लेषण गरी प्रहरीले अनुसन्धानको दायरालाई साँघुरो बनाउँदै लगेको थियो। मंगलबार बिहान तालिम प्राप्त कुकुरलाई स्निफिङ गराएको थियो। तर रातभर पनि पर्दा सो काम त्यत्ति प्रभावकारी भएन।

त्यसका बावजुद् पनि कुकुरले आरोपित लोकबहादुरको घरतर्फ संकेत गरेको डिआइजी बिसीले बताए।

साथै जुन ठाउँबाट लोकबहादुरले तेजबहादुरको शव देखिएको भनेका थिए, त्यहाँबाट शव नै देखिँदैन थियो। जसकारण उनीमाथि थप शंका पैदा भएको प्रहरी उपरीक्षक भीम दाहालले बताए।

‘जुन ठाउँबाट लोकबहादुरले बडा बाको शव देखियो भनेका थिए त्यहाँबाट देखिन्न थियो। त्यहाँबाट देखेको भनेर खबर गरेपछि अरूले थाहा पाएका हुन्,’ प्रहरी उपरीक्षक दाहालले भने,’पहिलो दिन नै विभिन्न सम्भावनामध्ये लोकबहादुर हुनसक्छ भन्ने मलाई लागेको थियो। त्यहीअनुसार अनुसन्धान अघि बढायौं।’

आफन्त मरेपछि सामान्य मानिसको जस्तो हुनुपर्ने स्वभाव पनि उनको नपाएको उनले बताए।

लोकबाहादुर काम गर्न केही वर्षअघि मलेसियामा गएका थिए। केही समय काम गरेर बिरामी भएपछि उनी फर्किएका थिए। विदेशबाट फर्किएपछि उनको स्वभाव फरक थियो।

‘बिरामी भएर काम गर्न नसक्ने भएपछि फर्किएको बुझियो। गाउँघरमा बुझ्दा उनी त्यहाँबाट फर्किएपछि आफ्ना बुवा र भाइहरूसँग अलि आक्रमक, झै-झगडा गर्ने खालका कुराहरू आयो,’ उनले भने,’उपचार गराएर औषधीहरू पनि लिने गरेको जानकारी पायौं।’

स्वभावले आक्रमक भएका उनी काममा पनि अलि अप्ठेरो मान्ने खालका थिए। त्यसैकारण आरोपितका हजुरबुवाले आफू मर्ने बेला उनीहरूको स्याहार गर्ने जिम्मा तेजबहादुरलाई दिएका थिए। आफ्ना सन्तानहरू कमजोर अवस्थामा छन् भन्दै उनीहरूलाई तेजबहादुरको जिम्मा लगाइदिएको प्रहरीले बताए।

‘परिवारमा सबै हट्टाकट्टा थिए। तर लोकबहादुर अलि अल्छी गर्ने, बोलाउँदा पनि नजाने स्वभावका कारण तेजबहादुरले सम्झाउने गाली गर्ने, सम्पत्ति कमाउन सकिनस् भन्ने कुराहरू गर्दा रहेछन्। जुन कुरा लोकबहादुरको मनमा गढेको थियो,’ डिआइजी बिसीले भने।

घटनाको अघिल्लो दिन पनि मृतक तेजबहादुरले उनीहरूलाई खेताला लग्ने कुरा गरेका थिए। खेताला लान सोमबार बिहानै तेजबहादुर लोकबहादुरको घरमा गए। बुवा र भाइ गाईलाई कुँडो पकाएर खेतमा घाँस काट्न गइसकेका थिए। घरमा लोकबहादुरमात्रै थिए।

अघिल्लो रातभरि उनी सुतेका पनि थिएनन्। र पहिल्यै देखिको हेप्ने बानीका कारण उनमा रिस थियो।  ‘अभियुक्त एक्लै थिए। उनलाई जुन किसिमले गाली गर्ने, पागल र काम नलाग्ने भनेको

तपाईको प्रतिक्रिया

RELATED POSTS