गायिका बिष्णु माझीको स्वरमा समावेश ‘चरी जेलैमा’ बोलको गीतले २ करोड बढी भ्यूज पाइसकेको छ । सामाजिक संजालमा भाइरल नै भएको यो गीत सार्वजनिक भएसँगै उनको अवस्थाको बारेमा पनि चासो व्यक्त गरिएको थियो । उनका शुभचिन्तक र श्रोताले चासो व्यक्त गरेपछि राष्ट्रिय मानव अधिकार आयोगकले समेत यस बिषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले स्याङ्जा प्रशासन कार्यलयलाई माझीको अवस्थाबारे वुझ्न निर्देशन दिएको थियो । मानव अधिकार आयोगको पत्र प्राप्त भएपछि प्रशासनले उनको अवस्थाबारे वुझेको छ ।

स्याङ्जाको चापाकोटमा रहेको विष्णुको माइतीघरमा प्रहरीको टोली पुगेर सोधपुछ गर्दा उनी लामो समयदेखि माइतीघर नआएको पाइएको छ । स्याङ्जाका एसपी होबिन्द्र बोगटीका अनुसार, राष्ट्रिय मानव अधिकार आयोगकले माझीको अवस्थाबारे चासो व्यक्त गरेपछि प्रहरीले सोधपुछ गरेको बताए ।

२ बर्ष अगाडि गायिका विष्णु माझी र उनका श्रीमान् सुन्दरमणी अधिकारी स्याङ्जा प्रशासनमा उपस्थित भएर आफ्नो भनाई राखेका थिए । सो समयमा गायिका माझीले आफू कुनै दबाबका कारण नभई रहरले नै सार्वजनिक रुपमा हिडडुल नगरेको बताएकी थिइन् ।

फेरि, गीतको चर्चासँगै गायिका माझीको बिषयमा सर्वत्र चासो व्यक्त गरिएको छ । नेपाली सांगीतिक क्षेत्रमा सुपरहिट गीत दिएकी गायिका माझी लामो समयदेखि सार्वजनिक रुपमा देखिएकी छैनन् । उनले, गीत गाउने क्रममा समेत कालो पर्दा लगाएर गाउने गरेको खबरहरु सार्वजनिक भैरहेका हुन्छन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS