सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेको नाराबाजी र अवरोधका बिच प्रतिनिधि सभाको बैठक अघि बढाएका छन् । आजको बैठकको सुरुवातमै उनले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका छन् ।

सभामुखले आजको बैठक सुरु भएको जानकारी गराउना साथ एमाले सांसद नाराबाजी गर्दै रोष्टमतिर दौडिएका दिए । उनले आजको बैठकमा एमालेलाई अवरोध नगर्न कुनै आग्रह गरेनन् ।
साथै सो विधेयकमाथि सैद्धान्तिक छलफल समेत अगाडि बढाएका छन् । सो विधेयकमाथि बोल्नका लागि उनले ३ मिनेटभित्र नाम टिपाउन समय दिएका छन् । सो विधेयकमाथि नेमकिपाका सांसद प्रेम सुवालले मात्र आफ्नो भनाई राखेका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS