मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विभिन्न भौतिक तथा विलासी सामानहरू जुट्नेछन् । माया प्रेममा नजिक हुने समय रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट लाभ पाउनेछन् ।  व्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्त जनसँग मनमुटाब बढ्नेछ । पति पत्नी तथा माया प्रेममा अविश्वास सिर्जना हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पर्यटकीय तथा रमाइलो यात्रा हुनेछ । व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शत्रुलाई परास्त गर्न सकिनेछ । आम्दानीका स्रोतहरू फराकिला पार्दै तत्काल नयाँ व्यवसाय थालनी गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विगतका गल्ती तथा कमी कमजोरीहरूलाई सच्याउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा मन जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा समय दिन नसकिने हुँदा अरूभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने तथा कामहरू समयमा सकाउन मुस्किल पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने पेसा व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा सामीप्य बढ्ने योग रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ  ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  समयको सहि सदुपयोग गरी प्रशस्त लाभ लिने समय रहेको छ । बोलेरै मनग्गे भन आर्जन गर्न सकिने तथा सापटी स्वरूप दिएको धन सम्पत्ति फिर्ता आउनेछ । मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।  सामान्य आँखा सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला ।

तपाईको प्रतिक्रिया

RELATED POSTS