बलिउड नायिका रबिना टन्डनले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेकी छिन् । यसले धेरैको ध्यान आकृष्ट गरेको छ । उपभोक्ताको स्वास्थ्यमाथि अत्यधिक खेलबाड गरेको दर्साउने यो भिडियोमा धेरैले आक्रोश पनि व्यक्त गरेका छन् ।

यो भिडियोमा कुनै कारखाना वा बेकरीका कर्मचारी भुइँमा राखिएको एउटा ट्रेमाथिको रस्क (बेक गरेर कडा पारिएको पाउरोटी) उठाउन आफ्नो खुट्टाको प्रयोग गरिरहेका छन् । यो क्लिपमा एक कर्मचारीले प्याकेटमा राख्नुअघि रस्कलाई चाटिरहेको पनि देख्न सकिन्छ ।

उक्त भिडियोको पोस्टमा रबिनाले लेखेकी छिन्, ‘यिनीहरु पक्राउ परेर सदाका लागि जेलभित्र हुने आशा गर्दछु । ’

 

 

अचम्मित पारिदिने यो भिडियोमा रबिनाका प्रशंसकले पनि आफ्नो रोष व्यक्त गरेका छन् । सो भिडियो इन्स्टेन्ट शिवा नामका प्रयोगकर्ताले सेयर गरेका हुन् । जसमा मानिसहरुले यो भिडियो केही विशेष धर्म अपनाउनेहरुको बताइरहेका छन् तर यसबारे केही पुष्टि भने हुन सकेको छैन । साथै, यो कुन कारखानाको भिडियो हो र कहाँको हो भन्ने पनि खासै जानकारी उपलब्ध छैन ।

तपाईको प्रतिक्रिया

RELATED POSTS