पायल्स यस्तो रोग हो जसले जुनसुकै बेला पीडा दिन सक्छ । समयमा नै उपचार भएन भने यसले निकै समस्यामा पार्न सक्छ । पायल्स उपचार गर्ने धेरै तरिका छन् । सडक किनार, भित्ता वा होर्डिङ बोर्ड जता पनि ‘पायल्सबाट छुटकारा पाउन हामीलाई सम्पर्क गर्नुहोस्’ भनेर लेखिएको पाइन्छ । तर विज्ञापनमा लेखिए जस्तै पायल्सबाट छुटकारा पाउन त्यति सहज छैन । यसको उपचारका लागि शल्यक्रिया गर्न सकिन्छ भने औषधिको पनि प्रयोग गर्न सकिन्छ । के पायल्सको उपचारका लागि लेजर सर्जरी गराउनु सही हो त ?

पायल्स बढ्दै गएर अत्यधिक पीडा हुन थालेपछि शल्यक्रिया गर्ने सल्लाह दिइन्छ । पायल्स दुई प्रकारका हुन्छन् । एउटा भित्री रूपमा बढ्दै जान्छ भने अर्को बाहिर देखिन्छ । बाहिर देखिने पायल्समा ससाना दाना जस्तो मासुको केही भाग बाहिर देखिन्छ । त्यसलाई शल्यक्रियामार्फत उपचार गर्न सकिन्छ । यसका लागि कुन शल्यक्रिया प्रभावकारी हुन्छ भनेर बिरामीहरूको मनमा खेलिरहन्छ । यस्तो समस्यामा चिकित्सकहरू खुला शल्यक्रिया गराउँछन् भने दोस्रो लेजर सर्जरी गराउने गरिन्छ ।

खुला शल्यक्रियामार्फत पनि रोगको उपचार गर्न सकिन्छ । तर यो प्रक्रिया जटिल र पीडादायी हुन्छ । तर खर्च कम लाग्छ । शल्यक्रियापछि निको हुन पूरा एक हप्ता लाग्छ । दोस्रो उपाय हो– लेजर सर्जरी । पछिल्लो समय लेजर सर्जरीलाई सहज रूपमा लिन थालिएको छ । लेजर सर्जरीमा तेज प्रकाशको किरणमार्फत पायल्सको उपचार गरिन्छ ।

लेजर सर्जरी कति सुरक्षित ?

अन्य सर्जिकल प्रक्रियाहरूमध्ये लेजर सर्जरीमा गुद्वार वरिपरि रगत बग्दैन । थोरै मात्र रगत देखा पर्न सक्छ । यो प्रक्रियामा पिन पोइन्ट लेजर बिमाको प्रयोग हुन्छ ।

लेजर डिभाइसबाट निस्किने किरणले पलाएको मासुको सानो भागमा रक्तसञ्चार हुने प्रक्रियालाई बन्द गरिदिन्छ । यसको प्रयोग गर्दा कुनै पनि भाग काट्ने काम हुँदैन ।

यो उपचारमा घाउ बनाउन नपर्ने भएकाले इन्फेक्सन हुने सम्भावना कम हुन्छ । लेजर सर्जरी गर्दा पायल्सको समाधान तीव्र गतिमा हुन्छ भने ओपन सर्जरीमा घाउ निको हुन लामो समय लाग्ने गर्छ ।

त्यसैले ओपन सर्जरीपछि कम्तीमा एक हप्ता अस्पताल बस्नुपर्ने हुन्छ । तर लेजर सर्जरीमा २४ घण्टामा नै डिस्चार्ज हुन सकिन्छ र ४८ घण्टामा जीवनशैली सामान्य हुँदै जान्छ । ओपन सर्जरीमा दिसा गर्न ७ देखि ८ दिनसम्म कठिन हुन्छ । तर लेजर सर्जरीमा यस्तो समस्या हुँदैन ।

स्टेपलस सर्जरी

यो सर्जरीमा पलाएको मासुमा स्टेपल गरिन्छ । यसले मासुको सानो भागमा हुने रक्तसञ्चार बन्द गरिदिन्छ । यो सर्जरीपछि केही दिनमा नै पायल्सबाट छुटकारा मिल्छ । यो सर्जरीपछि पनि पुनः मासु पलाउने सम्भावना हुन्छ ।

क्षार सूत्र

यसमा पलाएको मासुलाई बाँध्ने काम गर्छ । केही दिनमा बाँधेको मासुको भाग सुक्छ । यो प्रक्रिया पूरा हुन लामो समय लाग्छ । यसमा बिरामीलाई अत्यधिक पीडा हुन्छ । यसपछि पुनः समस्या बल्झिने खतरा पनि हुन्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS