काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै पार्टीकाे चिन्ता लिन अनुराेध गरेका छन् । बिहिबार काभ्रेको पाँचखालकाे एक कार्यक्रममा प्रचण्डले तेस्रो धारका नेताहरू धेरै दिन एमालेमा नटिक्ने अभिव्यक्ति दिएपछि भुसालले जवाफ फर्काएका हुन् ।

भुसालले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउँछौं । तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं ।

प्रचण्डले काभ्रेको पाँचखालमा आयोजित योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै तेस्रो धारका नेताहरू धेरै दिन एमालेमा नटिक्ने दाबी गरेका थिए । उनले भनेका थिए, ‘बडो दया लाग्छ ती साथीहरूलाई देख्दा, ढिलोछिटो त्यहाँबाट निस्किन्छन् । त्यहाँ बस्ने ठाउँ छैन ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS