मोरङ — कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफू निर्दोष भएको र जनताले दोषी मान्छन् भने फाँसी झुण्डिन तयार रहेको बताएका छन् । १९ महिनापछि बिहीबार गृह जिल्ला आइपुगेका गच्छदारले पत्रकारहरुसँग कुरा गर्दै जनताले आफूलाई भ्रष्टाचार गरेको मान्छन् भने मृत्युदण्डको भागिदार हुन तयार रहेको बताएका हुन् ।

‘ललिता निवास जग्गा प्रकरणमा निर्दोष छु तर राज्यले जबर्जस्ती फसाएको हो, मैले राज्यको एकलाल पैसा हिनामिना गरेको छैन,’ उनले भने, ‘चुनौती दिन चाहन्छु मेरो ५१ वर्षको राजनीतिक इतिहासको खोजी होस् । कुनैपनि अनियमितता गरेर सम्पत्ति आर्जन गर्ने काम गरेको छैन ।’

कांग्रेसका लागि र संसदीय प्रजातन्त्रका लागि लडेकाहरुलाई सक्रिय बनाएर अबको राजनीति अघि बढाउन गृह जिल्ला आएको गच्छदारले बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS