नेपाली काङ्ग्रेसले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने भएको छ। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन समिति र पदाधिकारीबीच भएको बैठकले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो। असोज २० भित्र हिमाली भेगका जिल्लामा अधिवेशन गर्ने निर्णय भएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताए।

हिमाली भेगमा २१ जिल्ला छन्। यीमध्ये रसुवा र डोल्पामा अझै क्रियाशिल सदस्यता विवाद हुँदा वडा अधिवेशन नै अनिश्चित छ।वडा अधिवेशन भएका र अब असोज ९ मा पालिका अधिवेशन हुने हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन हुनेछ। हिमाली जिल्लामा हिउँ पर्न सक्ने भएकोले काङ्ग्रेसले दसैंअगाडि नै जिल्ला अधिवेशन गर्न लागेको हो।

पहाड र तराई भेगमा भने दसैंपछि जिल्ला अधिवेशन हुनेछ। हिमाली भेगमा कहिले जिल्ला अधिवेशन गर्ने भन्ने मिति निर्वाचन समितिले पछि तय गर्नेछ। काङ्ग्रेसमा ६४ जिल्लामा मात्रै वडा अधिवेशन भएको छ। बाकी जिल्लामाको क्रियाशिल सदस्यताको सूची नै प्रकाशित भएको छैन।

तपाईको प्रतिक्रिया

RELATED POSTS