एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाएका छन्।  शुक्रबारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष रावलले १० बुँदे कार्यान्वयन नगर्ने भए खारेज गरेको घोषणा गर्न समेत चुनौती दिएका थिए।

‘१० बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन र जेठ २ अघिको संगठनात्मक संरचना कायम होस्। यदि १० बुँदे कार्यान्वयन नगर्ने हो भने खारेज भयो भनेर घोषणा गर्नुस्, सक्नुहुन्छ? भनेर भीम रावल कमरेडले भन्नुभएको छ,’एक केन्द्रीय सदस्यले भने,’जवाफमा पार्टी अध्यक्षले स्थायी कमिटीको बैठकबाट टुंगो लगाउला भन्नुभयो।’

केन्द्रीय सदस्य झपट रावलले अन्तर पार्टी निर्देशिका (अपानी)को कार्यान्वयन र १० बुँदेमा इमान्दार हुनुपर्ने बताएका थिए। उनले यसबारेको बुझाइमा एकरूपता कार्यान्वयन हुनुपर्नेमा तलतल बेइमानी भएको समेत गुनासो गरेका थिए।

पार्टीको निर्देशन उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्ने भन्दा रावलले यसको निष्कर्षमा पुर्‍याएरमात्रै पार्टी बैठक अघि बढाउन भनेका थिए। केन्द्रीय सदस्यहरू भानुभक्त जोशी, सुरेन्द्र मानन्धर लगातयले पनि १० बुँदे इमान्दारपूर्वक कार्यान्वयन नभएको बताएका थिए।

तपाईको प्रतिक्रिया

RELATED POSTS