नेपाली सिनेमा क्षेत्रमा महानायक र महानायिका उपाधि विवाद फेरि सतहमा देखा परेको छ। केहीदिनअघि एक कार्यक्रममा एकै स्टेजमा कलाकार शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्ल थिए। शिव र भुवनले एकले अर्कालाई महानायक र गौरी मल्ललाई महानायिकाको उपमा दिए। सामाजिक सञ्जालमा अघिल्लो वर्ष चुलिएको यो विवादलाई कलाकारहरूले नै पुनः टिप्पणीको विषय बनाएका छन्।

अभिनेत्री वर्षा शिवाकोटीले उपाधिमाथि अग्रज कलाकारले देखाएको लोभ उचित नभएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत्, ‘ अग्रज कलाकार’ आफ्नै चाहनाअनुरुप छताछुल्ल भएको हेर्न पटक्कै मन नभएको बताइन्।  ‘हाम्रो काम दर्शकले मूल्याकंन गर्ने वातावरण बन्नु चाहि सुहाउँदिलो कुरा हो। कोही कसैले स्वमूल्याकंन गर्ने होइन’ उनले लेखेकी छन्।

पुराना दिनहरुमा दर्शक हलसम्म पुग्ने वातावरण फर्किएर आउन भनेर कामना गर्नुपर्नेमा कलाकाहरूको अर्कै चाहना देखिएको भन्दै उनले गुनासो गरेकी छन्।

‘वरिष्ठ कलाकारको दर्जा पाइसक्नुभएका आदरणीय अग्रज व्यक्तित्वहरूको आ–आफ्नै चाहना यसरी छताछुल्ल भएको हेर्ने मन पटक्कै होइन्। ठिकै छ, जे भएपनि हामी चाहि उहाँहरुलाई सबैलाई सधैँ सम्मान गर्छौं’ उनले लेखेकी छन्।

यस्तो छ उनको स्टाटसः

तपाईको प्रतिक्रिया

RELATED POSTS