मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धनको कारोबारमा सन्तुष्टि मिल्नेछ । भोजभतेरमा सामेल भइनेछ । वाणीले प्रभाव पार्ने छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खुशीको माहौल बन्नेछ । । मनोरञ्जनमा दिन बित्ने छ । मित्रजन भेटघाट हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अनावस्यक खर्च बढी हुनेछ । यात्रामा समस्या आउने छ । आफन्तमा तनाव हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कृषि एवं पशु चौपायबाट लाभ हुनेछ । दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पुरा हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक काममा प्रशंसा मिल्नेछ । सरकारी काममा फाइदा पाइने छ । नयाँ काममा खर्च हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मीठो खबर आउनेछ । विदेशको काम बन्ने छ । ठुलाबडाको साथ मिल्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  बाधाको सामना गर्नुपर्ने छ । सरकारी काममा फाइदा गुम्नेछ । आलोचनाको भय रहन्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साझेदारी काममा साथीभाइको सहयोग हुनेछ । घरायसी छोटो यात्रा हुनेछ । व्यवसायमा प्रतिफल मिल्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ । विलासीतामा मन जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा रुचि बढ्नेछ । सन्तानको खुशी बढ्नेछ । लगानीमा आम्दानी राम्रो हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अनावस्यक शंकाले पिरोल्नेछ । घरायसी किचलो बढ्नेछ । आफन्त नै विरोधी हुने छन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाइको धनको सहयोग मिल्नेछ । प्रेममा मित्रता बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS