नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आइतबार पुन: बस्ने भएको छ। शनिबार सुरू भएको बैठकमा राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको समूहगत छलफल गरिएको थियो। त्यसका लागि १० वटा समूह विभाजन गरिएको थियो। समूहले छलफलको निष्कर्ष सुनाएका थिए।

ती निष्कर्षको जवाफबारे आइतबार पुन: बस्ने बैठकमा अध्यक्ष केपी णलीले जवाफ दिने नेता योगेश भट्टराईले बताए। धेरैले उपाध्यक्ष संख्या बढाउनु पर्ने, केन्द्रीय समितिको संख्या बढाउनुपर्ने, पार्टीलाई नेकपा एमालेको निरन्तरताको रूपमा बुझ्नुपर्ने र त्यही अनुसार प्रतिवेदन तयार गर्न सुझाव दिएका थिए।

यस्तै उनीहरूले पदाधिकारी दुईभन्दा बढी पटक हुन नहुने र कार्यकारी पदमा दुई पटकभन्दा बढी राख्न नमिल्ने गरी बनाउनुपर्ने सुझाव दिएका थिए।

तपाईको प्रतिक्रिया

RELATED POSTS