काठमाडौँ — पछिल्ला राजनीतिक घटनाक्रम, संसद् र सरकार सञ्चालनका विषयमा सत्ता गठन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान नेताहरुबीच छलफल भएको हो ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पछिल्ला राजनीतिक घटनाक्रम, संसद् र सरकार सञ्चालनका विषयमा छलफल भएको जानकारी दिइन् । उनले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भइसकेको भन्दै यथाशिघ्र नाम दिन भनेको बताइन् ।

‘मैले पनि मन्त्रिपरिषद् विस्तारमा ढिला भएकै विषयमा कुरा राखेँ । प्रधानमन्त्रीजीले मन्त्रीहरुको नाम छिटो दिनुस् भन्नुभएको हो,’ उनले भनिन्, ‘एकदुई दिनभित्रैमा टुंगोमा पुग्नुपर्छ भन्ने कुरा भएको छ ।’

बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने विषयमा समेत छलफल भएको थियो ।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेता महेन्द्रराय यादव लगायत सहभागी थिए ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS