‘पर्ख पर्ख मायालु’ गीतबाट चर्चा कमाएकी गायिका विन्दु परियारको स्वरमा ‘तिम्रै हुन पाऊँ’ बोलको नयाँ गीतको भिडिओ सार्वजनिक भएको छ। सार्वजनिक गीतको भिडियोमा गायिका विन्दुले अभिनयसमेत गरेकी छन्। रोमान्टिक यो प्रेम गीत कमल खत्रीको शब्द तथा संगीतमा बनेको हो। उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्।
शान थापाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्। राजीव समरको करियोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

भिडियो विन्दु परियारकै अफिसियल युट्युब च्यानलबाट आज आइतबार सार्वजनिक गरिएको हो।