काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेर निस्किएका छन । मन्त्रिपरिषद् विस्तार अघि दल विभाजन अध्यादेश निष्क्रिय पार्न प्रधानमन्त्री शेरबहादुर देउवाले नमानेपछि माधव नेपाल र प्रचण्ड छुट्टै भेटेका हुन ।

नेपाल निवास कोटेश्वरमा बिहानै पुगेका प्रचण्ड र नेपालको विषयमा सत्ता राजनीतिकै विषयमा कुरा भएको स्रोतले जनाएको छ । एमाले विभाजनका लागि ल्याएको अध्यादेशको पासोमा एमाले विभाजन गरेरै जन्मिएको नेकपा एकीकृत समाजवादी परेको छ । झन मन्त्री हुने आकांक्षी बढेपछि माधव नेपाल समस्यामा परेका छन

उनीहरूले दल विभाजन अध्यादेश निष्क्रिय नहुँदासम्म मन्त्रिपरिषद् विस्तार गर्दा पार्टी फुट्ने अनुमान गरेका छन । अघिल्लो साता नै मन्त्रिपरिषद्ले पूर्णत पाउने भन्दै सार्वजनिक भाषण गरेका माधव नेपाल र प्रचण्ड ट्वाँ परेका छन । नयाँ साताको पनि दोस्रो दिन आज भैसको छ यद्यपी अघिल्लै साता मन्त्रिपरिषद्ले पूर्णता पाउने उनीहरूले बताएका छन ।

माओवादी अध्यक्ष प्रचण्ड नारायणकाजी श्रेष्ठलाइ सरकारमा सहभागी हुनबाट रोक्न अनेक बहाना खोजीरहेका छन भने माधवकुमार नेपाल प्रेम आलेलाइ सरकारमा जानबाट रोक्ने प्रयासमा छन । त्यसकारण उनीहरूले दल विभाजन सम्बन्धी अध्यादेश निष्क्रय बनाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने अडान पनि राखेका छन । यद्यपी देशमा देउवा त्यति सकारात्मक देखिएका छैनन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS