काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजक भीम रावललाई तोकेको छ । स्थायी कमिटीको सोमबार बसेको बैठकले शंकर पोखरेललाई कार्यदलमा थप गरेको छ भने रावललाई संयोजक तोकिएको छ ।

१० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि एमालेमै बसेका नेताहरु समेत सहभागी ८ भदौको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा रावलसँगै महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल र स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट थिए ।

एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईका अनुसार धेरै ठाउँमा १० बुँदे कार्यान्वयन भएको छ । एकाध ठाउँमा देखिएको समस्याबारे पनि सकारात्मक कुराकानी भइरहेको भन्दै उनले भने, ‘१० बुँदेलाई लिएर आतंक सिर्जना गर्न जरुरी छैन ।’

 

तपाईको प्रतिक्रिया

RELATED POSTS