यो बर्षको दशैंमा नेपाली चलचित्र चलाउने हिम्मत मेकरले गरेनन् । शोभित बस्नेतको ‘डाँडाको वर पीपल’ बाहेक अरु निर्माता दशैंमा आउने सोचमा पुगेनन् । हल चलाउनका लागि प्रदर्शकले विदेशी चलचित्रकै सहारा लिनुपर्ने अवस्था सिर्जना भयो । ४ महिनादेखि बन्द हलमा पहिलो दिन नै अंग्रेजी चलचित्र लाग्दैछ ।  अरु समयमा हिन्दी चलचित्रले नेपाली चलचित्रलाई थिच्यो भन्दै कराउने निर्माताहरु यसपटक दशैंको लामो बिदामा पनि चलचित्र चलाउन अगाडि सरेनन् । बरु, कुनै ठूलो बजेटको हिन्दी चलचित्र आइदियो भने माहोल बन्थ्यो भनेर सिमानापारीकै स्टारको भरमा परे ।

२ बर्ष अगाडिसम्म दशैंमा दीपकराज गिरी र उनको टिमले चलचित्र रिलिज गर्ने गरेका थिए । तर, यसपटक दीपकराजको टिमले चलचित्र छायांकन नै गरेको छैन । गतबर्षदेखि नै यो बर्षको दशैंमा चलचित्र रिलिज गर्ने सोेच बोकेर बसेका निर्माता समेत पछि परे । महंगो पारिश्रमिक लिएर स्टार कहलिएका कलाकारलाई आफैमाथि विश्वास नभएको देखियो ।

हल चलाउनका लागि विदेशी चलचित्रको नै साहारा लिनुपरेपछि कलाकार तथा निर्माता दीपकराज गिरीले असन्तुष्टी पोखेका छन् । उनले लेखेका छन्–‘अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी चलचित्र नै चाहियो । कमसेकम दशैंमा रिलिज गर्ने मिति तोकेर तयार भएर बसेका साथीहरुले त आँट गर्नुपर्ने थियोे । सहज हुँदा एक आपमा भिड्ने । अप्ठ्यारो बेला… ।

दीपकले सहज अवस्थामा आफ्नै चलचित्रसँग भिड्ने निर्माताहरु अप्ठ्यारो परिस्थितीमा विदेशी चलचित्रको आशामा बस्ने गरेको भन्दै असन्तुष्टी जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS