हरियो रङको सानो देखिने कीवी गुणको खजाना हो । भिटामिन बी, सी, एन्टिअक्सिडेन्ट, फस्फोरस, पोटासियम र क्याल्सियमले भरिपूर्ण कीवी पोषक तत्वको पावरहाउस हो । स्वास्थ्यका लागि यसको कमालको फाइदालाई मध्यनजर गर्दै स्वास्थ्यविद्ले सबैलाई किवी खान सल्लाह दिन्छन् । आउनुहोस्, कीवी खाँदा शरीरले कस्तो प्रकारको फाइदा पाउँछ, यसबारे जानकारी लिऔं ।

डीएनएको मर्मत गर्छः

तनाव, धुम्रपान, क्यान्सर, किमोथेरेपी, रेडिएशन, अत्यधिक औषधी र प्रदूषणको असर हाम्रो डीएनएमा पनि पर्छ । यसका कारण मृगौला, फोक्सो र दिमागसँग सम्बन्धित विभिन्न प्रकारका रोग लाग्छन् । किवीले डिएनएलाई सुधार्ने काम गर्छ । किवीको नियमित सेवनले पेटको क्यान्सरको खतरा कम हुने विभिन्न अनुसन्धानले देखाउँछ ।

इम्युनिटी बूस्टरः

कीवीमा असाध्यै धेरै भिटामिन सी र एन्टिअक्सिडेन्ट हुन्छ । यसले प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ र शरीरलाई रोगबाट टाढा राख्छ । कीवीलाई निकै राम्रो इम्युनिटी बूस्टर मानिन्छ ।

रक्तचापलाई नियन्त्रण गर्छः

सन् २०१४ को एक अनुसन्धानका अनुसार एकदिनमा लगभग २–३ वटा किवी खाँदा रक्तचाप कम हुन्छ । लामो समयसम्म यसको नियमित सेवन गर्दा उच्च रक्तचाप, स्ट्रोक, हृदयघात वा मुटुसँग सम्बन्धित रोग टाढै रहन्छ ।

रगत जम्न दिँदैनः

किवीले रगत जम्न पनि दिँदैन । हरेक दिन २–३ वटा किवी खाँदा रगत जम्न पाउँदैन । यो फलले रगतमा बोसोको मात्रालाई काम गर्न पनि मद्दत गर्छ ।

घाउ छिटो निको हुन मद्दत गर्छः

यदि तपाईंलाई घाउ लागेको छ वा तपाईंको शल्यक्रिया भएको छ भने किवी कुनै पनि हालमा खानुहोस् । यसले तपाईंलाई घाउ छिटो निको हुन मद्दत गर्छ । किवीमा पाइने प्राकृतिक तत्व र एन्टीब्याक्टेरियल एजेन्टले घाउलाई छिटो निको बनाउँछ ।

 

 

तपाईको प्रतिक्रिया

RELATED POSTS