बलिउडका मिस्टर परफेक्सनिस्ट भनिने आमिर खान भारतका शानदार अभिनेतामध्ये एक हुन् । उनले थुप्रै फिल्ममा उत्कृष्ट अभिनय गरेका छन् । यसमा ‘थ्री इडियट्स, दंगल र तारे जमिन पर’ समेत थुप्रै फिल्म समावेश छन् । तर आमिर खानले रेखासँग कहिल्यै काम गरेनन् । यसको कारण सार्वजनिक भएको छ । रेखा आफ्नो जमानाकी शानदार नायिका हुन् । भारतीय फिल्मी उद्योगमा उनको दबदबा रह्यो । बलिउडका थुप्रै दिग्गज कलाकारले उनीसँग अभिनय गरेका छन् । बक्स अफिसमा रेखाको फिल्ममा कमाल गर्दथ्यो । एकपछि अर्को हिट हुन्थे । रेखाले पनि थुप्रै अभिनेतासँग काम गरेका छन् तर आमिर खानको नाम यसमा समावेश छैन ।

रेखासँग काम नगर्नुको कारण यस्तो :

रिपोर्टलाई विश्वास गर्ने हो भने आमिर खानले रेखासँग काम गर्न कहिल्यै रुची देखाएनन् । खबरका अनुसार आमिर खानलाई रेखाको सुटिङ स्थलमा व्यवहार मन पर्दैनथ्यो, उनीहरुले मानिससँग गर्ने व्यवहार आमिरलाई फिटिक्कै हेर्न मन लाग्दैनथ्यो । स्मरण रहोस्, रेखाले आमिर खानका पिता ताहिर हुसैनसँग काम गरेकी छिन् । आमिर, पिता र रेखाको फिल्म ‘लकेट’ को छायांकन हुँदा सेटमा जाने गर्दथे । त्यति नै बेला आमिरले रेखाको व्यवहार देखेका थिए । त्यसैले आमिरले रेखासँग कहिल्यै काम नगर्ने प्रण गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

यस्तै, खबरका अनुसार आमिर खानलाई रेखाको काम गर्ने शैली पनि मनपर्दैनथ्यो । रेखा सेटमा असाध्यै ढिलो आउँथिन् । त्यसैले आमिरलाई रेखा कामप्रति इमान्दार र लगनशील छैनन् कि भन्ने लाग्थ्यो । यसैकारण पनि आमिरलाई रेखासँग काम गर्न हिच्किचाहट भयो । यद्यपि, आमिर खानले आफ्नो एक प्रोजेक्ट ‘टाइम मशिन’ अन्तर्गत नसीरुद्दीन शाह र रेखासँग काम गर्नेबारे सोचेका थिए तर बजेटका कारण यो फिल्म कहिल्यै सुरु हुन सकेन ।

आमिर खानको कामको कुरा गर्नुपर्दा उनी चाँडै नै आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्डा’ मा देखिनेछन् । यो फिल्ममा करिना कपुरको पनि अभिनय रहनेछ । यो हलिउड फिल्म फरेस्ट गम्पको हिन्दी रिमेक हो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS