कसैले ‘तिमीलाई के सुपरपावर चाहिन्छ ?’ भनेर भन्यो भने ‘पाद्ने शक्ति’ त्यो सूचीको सबैभन्दा तल आउँछ होला । तर, केही मानिसहरूले आफ्नो पादलाई नियन्त्रण गरेर त्यसैको आधारमा आफ्नो करियर बनाउन सफल भएका छन् । पाउल ओल्डफिल्ड, अर्थात् मिस्टर मिथेन विश्वकै चर्चित मनोरञ्जन प्रदान गर्ने कलाकार हुन् । नामअनुसार उनको विशेष खुबी भनेको पाद्नु हो । उनले आफ्नो अनौठो क्षमताको बारेमा किशोर अवस्थामा थाहा पाएका थिए । अन्ततः उनले यसको प्रयोग गरेर आफ्नो जीवनयापन गर्ने, विश्वभर यात्रा गर्ने र आफ्नो क्षमता देखाउन सफल भएका छन् ।

बेलायतको म्याकल्स फिल्डमा जन्मिएका ओल्डफिल्डको नाममा एक मिनेटमा सबैभन्दा बढी पाद्ने गिनिजबुक अफ वर्ल्ड रेकर्ड रहेको छ । यति मात्र होइन उनले पादले विभिन्न चर्चित गीत प्रस्तुत गर्ने र अन्य रोचक खेलाहरू देखाउने गर्छन् । ओल्डफिल्डका अनुसार युवा अवस्थामा आफ्नो बहिनीसँग योग अभ्यास गर्दा यो ‘सुपरपावर’ को बारेमा थाहा पाएका थिए । कमल आसनमा बस्दा उनले शरीरको दुवै छेउबाट श्वास लिने र फाल्न सक्ने क्षमता रहेको थाहा पाएका थिए । आफ्नो नयाँ क्षमताबारे थाहा पाएका उनले अर्को दिन साथीहरूका अगाडि एक मिनेटमा २० पटकसम्म पादेर देखाएका थिए ।

तर, यी ‘पाद्ने’ सुपरम्यान आफ्नो जीवनको पछिल्लो समयसम्म मिस्टर मिथेन भने बनेनन् । ट्रेन कन्डक्टर बनेका उनले बेलाबेला साथीभाइहरूका लागि आफ्नो क्षमता प्रदर्शन गर्थे । एक दिन भने उनले बिहान ३ बजे उठेर रेलमा काम गर्न जानुभन्दा जीवनमा धेरै गर्न रहेको भन्दै मनोरञ्जनको क्षेत्रमा प्रवेश गर्ने निधो गरे ।

१९८० को अन्त्यतिर मिस्टर मिथेनले स्थानीय ब्यान्डको लागि सुरुवाती प्रस्तुति दिन थाले । त्यसपछि न्युयोर्क पुगेर हवार्ड स्टर्नजस्ता शोका होस्टलाई आश्चर्यचकित बनाए । उनले चर्चित गीतका प्यारोडी बनाउनका साथी ब्रिटेन गट ट्यालेन्ट र जर्मनीको डास सुपरट्यालेन्ट सोमा भाग लिइसकेका छन् ।

 

 

म्यानचेस्टरको विदिङटन अस्पतालका डाक्टर पिटर होरवेलका अनुसार मिस्टर मिथेनले आफ्नो डायफ्रामलाई माथि उचालेर आफ्नो कोलोनभित्र हावा भर्न सक्षम भएका हुन् । सन् २०१८ मा मिस्टर मिथेनले मिथेनले एक मिनेटमा सबैभन्दा धेरै पटक पादेर विश्व कीर्तिमान बनाउने निर्णय गरे । उनले एक मिनेटमा ५० पटक पाद्ने योजना बनाएका थिए । तर, अन्ततः ८६ पटक पादेर विश्व रेकर्ड बनाएका थिए । अडिटी सेन्ट्रेलबाट

तपाईको प्रतिक्रिया

RELATED POSTS