आइसिसी टी-२० विश्वकप २०२१ को दाबेदार मानिएको भारत सुपर १२ बाटै बाहिरिएको छ। पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्यान्डसँग पराजित भएपछि भारतको सेमिफाइनल यात्रा अन्य टिमको हात पुगेको थियो। जसमा न्युजिल्यान्डले लगातार चार जित हात पार्दै अन्तिम चारमा स्थान पक्का गरेपछि भारतको सेमिफाइनल यात्रा समाप्त भएको छ।

भारतले सुपर १२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नामिबियासँग खेल्दैछ। तर यो खेलअघि नै भारतको अन्तिम चारको यात्रा समाप्त भयो। सुपर १२ अन्तर्गत समूह २ मा न्युजिल्यान्डले ५ खेलबाट ८ अंक र पाकिस्तान ४ खेलबाट ८ अंक जोडेका छन्। भारतको ४ खेलबाट ४ अंक छ।

टी-२० विश्वकपमा भारतको यो सन् २०१२ यताकै खराब नतिजा हो। सन् २०१२ को विश्वकपमा सुपर ८ बाट बाहिएको भारत पछिल्ला दुई विश्वकपमा नकआउट चरणमा पुगेको थियो।

सन् २०१४ को विश्वकपको फाइनलमा श्रीलंकासँग पराजित हुँदा भारत उपाधिबाट विमुख बनेको थियो। सन् २०१६ को विश्वकपमा भरत सेमिफाइनलमा वेस्ट इन्डिजसँग हारेको थियो।

भारतको टी-२० विश्वकपको नतिजा

२०२१
सुपर १२ बाट बाहिर

सन् २०१६
सेमिफाइनलमा वेस्ट इन्डिजसँग ७ विकेटले पराजित

सन् २०१४
फाइनलमा श्रीलंकासँग ६ विकेटले पराजित

सन् २०१२
सुपर ८ बाट बाहिर

२०१०
सुपर ८ बाट बाहिर

सन् २००९
सुपर ८ बाट बाहिर

सन् २००७
पाकिस्तानलाई ५ विकेटले हराउँदै च्याम्पियन

तपाईको प्रतिक्रिया

RELATED POSTS