काठमाडौं । शेयर बजारको इतिहासमै सबैभन्दा ठूलो साधारण शेयर (आईपीओ) निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूनाफा ३४.३७ प्रतिशतले बढाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ करोड २० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

निफ्राले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ मात्र खुद मूनाफा आर्जन गरेको थियो । निफ्राको प्रति शेयर आम्दानी घने घटेको छ । आइतबार सार्वजनिक वित्तीय प्रतिवेदन अनुसार प्रति शेयर आम्दानी १ रुपैयाँ १६ पैसाले घटेर ४ रुपैयाँ ८४ पैसा पुगेको छ ।

गत वर्ष ८ अर्ब रुपैयाँको सर्वसाधारणका लागि निफ्राले आईपीओ जारी गरेको थियो । आईपीओमा आवेदन दिएका (रद्द बाहेक) सबैले शेयर हात पारेका थिए ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS