अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले टी-२० विश्वकप २०२१ को ‘मोस्ट भ्यालुएबल टिम अफ दी टुनामेन्ट’ सार्वजनिक गरिएको छ। टिममा च्याम्पियन टिम अस्ट्रेलियाका तीन खेलाडी परेका छन्। यस्तै उपविजेता न्युजिल्यान्डका भने एक खेलाडी मात्र टिममा छन्। इंग्ल्यान्ड, दक्षिण अफ्रिका र श्रीलंकाका दुई दुई खेलाडी टिममा छन्। पाकिस्तानका बबार अजाम कप्तानका रुपमा टिममा परेका छन्।

यता टेस्ट टिमहरू भारत, वेस्ट इन्डिज, बंगलादेश, अफगानिस्तान र आयरल्यान्डका कुनै खेलाडी टिममा समावेश छैनन्। टिम : डेभिड वार्नर (अस्ट्रेलिया), जोस बटलर (इंग्ल्यान्ड- विकेटकिपर), बाबर अजाम (पाकिस्तान- कप्तान), चारिथ असलंका (श्रीलंका), एडेन मर्क्रम (दक्षिण अफ्रिका), मोइन अली (इंग्ल्यान्ड), वानिन्दु हर्षरंगा (श्रीलंका), एडम जाम्पा (अस्ट्रेलिया), जोस हजलउड (अस्ट्रेलिया), ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड) र एनरिच नोर्किया (दक्षिण अफ्रिका) रहेका छन्।

यस्तै पाकिस्तानका शाहीन शाह अफ्रिदी १२औं खेलाडीका रुपमा टिममा रहेका छन्। आइतबार भएको उपाधि भिडन्तमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

तपाईको प्रतिक्रिया

RELATED POSTS