काठमाडौं। पबजी खेलको लोकप्रियता विश्वभरी नै छ । यो खेलमा हरेक महिना करिब ५२ करोड खेलाडी सक्रिय रहन्छन् । दैनिक सक्रिय खेलाडीको संख्या पनि करिब ४ करोड छ ।यो खेल बनाउने क्राफ्टन कम्पनीले यिनै खेलाडीहरुको लागि पबजी ग्लोबल च्याम्पियनशिप ल्याएको छ । प्रतियोगिता आज बिहानदेखि सुरु भएको छ र १९ डिसेम्बरसम्म चल्नेछ । सबै प्रमुख वेबसाइटमा यसको लाइभ स्ट्रिमिङ गरिनेछ ।

पबजी ग्लोबल च्याम्पियनशिपमा विश्वभरबाट ३२ टिम सहभागी हुनेछन् । सबै टिमलाई गरेर कूल १८ लाख ६० हजार डलर (२२ करोड रुपैयाँ) पुरस्कार दिइनेछ । यीमध्ये पहिलोदेखि १६ औं स्थानसम्म रहने टिमले फरक फरक राशी पुरस्कार पाउनेछन् । १७ देखि २०, २१ देखि २४ र २५ देखि ३२ औं स्थानमा रहने टिमहरुलाई समान राशीको पुरस्कार दिइनेछ ।

प्रतियोगिताको फाइनल ३ दिनसम्म चल्नेछ । यसमा हरेक दिन ५ म्याच खेलिनेछ । पुरस्कार जित्ने सबै खेलाडीहरुलाई कोरियाको इंचियोन प्याराडाइज सिटीको यात्रा गराइनेछ । त्यहाँ सबैलाई करिब २ मिलियन डलरको पुरस्कार दिइनेछ । प्रतियोगितामा सबैभन्दा धेरै मार्ने खेलाडीलाई १० हजार डलर (१२ लाख रुपैयाँ) र टिमलाई २० हजार डलर (२४ लाख रुपैयाँ) पुरस्कार दिइनेछ । प्रतियोगितामा अन्तिम हुनेलाई पनि १० हजार डलर पुरस्कार दिइनेछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS