काठमाडौं । बलिउड अभिनेत्री दिशा पटानी आफ्नो आगामी चलचित्र ‘एक भिलेन रिटर्न्स’का कारण चर्चामा छिन् । यो चलचित्रमा उनी बोल्ड अवतारमा देखिँदैछिन् । भारतीय सञ्चारमाध्यमका अनुसार यसमा उनी निडर र एक्सन लेडीको भूमिका निभाएकी छन् भने चलचित्रमा आफैं स्टन्ट समेत गर्दैछिन् । त्यसका लागि दिशा स्टन्टको कडा तालिम गरिरहेकी छन् ।

मोहित सुरीको निर्देशनमा टी–सिरिज र बालाजी टेलिफिल्म्सले निर्माण गरिरहेको यो चलचित्रमा दिशाका साथै जोन अब्राहम, अर्जुन कपूर र तारा सुतारियाको मुख्य भूमिका रहनेछ ।

एक्सन थ्रिलर जनराको यो चलचित्र ‘एक भिलेन’को सिक्वेल हो । ‘एक भिलेन रिटर्न्स’ आगामी जुलाई ८ मा रिलिज हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS