एजेन्सी । लण्डनमा बस्ने एक महिलाले आफ्नो घरपालुवा कुकुरसँग विवाह गरेकी छन् । ती महिलाको श्रीमानसँग सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि उनले आफ्नो कुकुरसँग विवाह गर्ने निर्णय गरिन् । यो भव्य विवाहमा करिब २०० जना सहभागी थिए । ४७ वर्षीया अमान्डा रेजरले यो विवाहबाट आफू निकै खुसी भएको बताइन् ।

अमान्डा रेजर सम्बन्धविच्छेद पछि धेरै महिनासम्म अविवाहित थिइन् । तर विवाहपछि उनी अहिले नयाँ पार्टनर शेबा (कुकर) सँग निकै खुसी छिन् । रेजर भन्छिन्, ‘शेबाले मलाई आफ्नो पहिलो पतिले भन्दा धेरै खुसी राख्छ ।’ अमान्डाले आफ्नी कुकरसँग पूरा रीति-रिवाजका साथ विवाह गरेकि हुन् ।

उनलाई आफ्नो पार्टनरको रूपमा चुम्बन समेत गरिन् । कुकुरलाई आफ्नो पार्टनर मान्ने अमान्डा रेजर भन्छिन्, ‘उनी मेरो जीवनको महत्वपूर्ण हिस्सा हुन् । उसले मलाई हसाउँछ, मलाई खुसी राख्छ र म दुखी हुँदा मलाई साथ दिन्छ ।’

अमान्डा रेजर भन्छिन् कि उनी बाल्यकालदेखि नै आफूलाई दुलहीको पोशाकमा हेर्न चाहन्थिन् । यो विवाहको लागि दुलहीको यो नयाँ पोशाक उनले आफैँ तयार गरेकी हुन् । रेजरले शेबासँग बिहे गर्दा निकै रमाइलो अनुभूति भएको बताएकी छिन्, ‘उनले मलाई कहिल्यै चित्त दुखाउँदैन, मेरो धेरै ख्याल राख्छ ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS