काठमाडौं। नेकपा (एमाले)का सचिव योगेश भट्टराईले अहिलेनै माथिल्लो पदमा जान खेज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भए झै हुने बताएका छन् ।

आज पत्रकारसँग कुराकानी गर्दै उनले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान नखोजेको बताए । उनले भने,“लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी गरेको छु ।”

एमालेको १०औँ महाधिवेशनको तयारी अन्तिमचरणमा पुगेको उनको भनाइ थियो । उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापनको काम र बन्द सत्रका लागि हल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले नारायणी नदी किनारमा गैँडाकोट तर्फ पनि बसेर हेर्नका लागि व्यवस्था गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS