एजेन्सी-वेद र शास्त्रमा महिलालाई लक्ष्मीको दर्जा दिइएको छ। यदि स्त्री नहुने हो भने मानव सभ्यता अहिले जहाँ सम्म आएको छ यहाँ सम्म आइपुग्ने नै थिएन शृष्टिलाई अगाडी बढाउने मात्र नभई मानव सभ्यतामा स्त्री वर्गको ठूलो भूमिका रहँदै आएको छ। हिन्दु धर्ममा त्यसै कारणले गर्दा स्त्री वर्गलाई पूजा गर्ने गरिन्छ।

धार्मिक ग्रन्थहरुले महिलाको विभिन्न अङ्ग पुरुषले छुन नहुने भन्दै उल्लेख गरेको छ। महिलाका विभिन्न अङ्गलाई धर्म शास्त्रले पवित्र मानेको छ। धर्मशास्त्रको अनुसार महिलाको नाभिलाई सबै भन्दा पवित्र अङ्ग मान्ने गरिन्छ। पुरुषले महिलाको नाभी कहिले पनि छुन नहुने धार्मिक विश्वास रहेको छ।

धार्मिक मान्यता अनुसार महिलाको नाभीमा माता काली विराजमान हुने गर्छिन्। पुरुषले महिलाको नाभी छुँदा काली क्रोधित हुने गर्छिन्। कालिको रिसलाई धार्मिक ग्रन्थहरुमा कसैले पनि सहन नसक्ने रिसको रुपमा वर्णन गरिएको छ। यसरी कालीलाई क्रोधित बनाउंदा जीवनमा धेरै दुख आइलाग्न सक्छ।

आफ्नो श्रीमतीसँग हुँदा होसअथवा प्रेमिकासँग हुँदा होस पुरुषले महिलाको नाभी छुन हुँदैन। यस्तो कर्म गर्नाले दुष्परिणाम जीवनभर भोग्न पर्न सक्छ। यस तथ्यलाई धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ।

बेडरूममा गरिने यस्ता गल्ती बन्न सक्छन् पति-पत्नीबीच मनमुटावको कारण !

एजेन्सी,वास्तुशास्त्रमा शयन कक्ष अर्थात् सुत्ने कोठाको निकै महत्व रहेको बताईएको छ । त्यसैले शयन कक्ष हरेक व्यक्त‌िको जीवनको एक मुख्य भाग हुने गर्दछ ।

शयन कक्षमा व्यक्त‌ि आफ्नो द‌िनभरको थकान मेटाउने गर्दछ र नयाँ उर्जा प्राप्त गर्ने गर्दछ । दाम्पत्य जीवनको प्रेम र सुखको मामलामा पनि शयन कक्षको निकै महत्वपूर्ण भूमिका रहने गर्दछ । त्यसैले शयन कक्षको मामलामा यस्तो ५ गल्तिहरु गर्नबाट बच्नुहोस् ।

१. धेरै जसो मानिसहरु आफ्नो शयन कक्षमा वोस बेस‌िन (voss basin) राख्ने गर्दछन् । वास्तुशास्‍त्रअनुसार यसले सम्बन्धमा व‌िश्वासको कमि गराउने र शंकालाई बढाउने गर्दछ ।

२. पाहुना र साथीहरुलाई अत‌िथ‌ि गृह (Drawing room) मा बसाउने गर्नुहोस् । आफ्नो बेडरूममा जसलाई पनि ल्याउनु हुदैन । वास्तु व‌िज्ञानको अनुसार यसले शयन कक्षमा नकारात्मक उर्जालाई बढाउने गर्दछ र सम्बन्धमा टाढापन ल्याउने काम गर्दछ ।

३. शयन कक्षमा दर्पण राख्नु हुदैन। यदि दर्पण राख्न निकै जरुरी रहेको छ भने यसरी राख्नुहोस् कि खाटबाट तपाइको अनुहार एनामा नदेखिओस । खाटको अगाडिको एनाले तपाइको भित्र नकारात्मक उर्जा बढाउने गर्दछ र तपाइको उत्साहलाई कमी गराउने गर्दछ ।

४. आजकल बक्स पलङ्गको प्रचलन निकै चलेको छ । यदि तपाई पनि यस्तो खाले बेडको प्रयोग गर्नुहुन्छ भने यसमा फोहोर र बिजुलीको सामान नराख्नु होस् । यसले सम्बन्धमा टाढापन र सधै मन मुटाव हुने गर्दछ । खाटको मुनि जुत्ता,चप्पल पनि नराख्नु होस् ।

५. बेडरूममा गमला पनि राख्न हुदैन । यदि गमला राख्न चाहनुहुन्छ भने कृत्र‌िम फुल भएको गमला राख्नुहोस् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS