काठमाडौं। अमेरिकी वैज्ञानिकहरूले बनाएको जीवित रोबोटले सन्तान जन्माउन सक्ने भएको छ । अमेरिकी वैज्ञानिकले बनाएको जिनोबोट नामक जैविक रोबोटले वनस्पति र प्राणीको भन्दा फरक तरिकाले सन्तान उत्पादन गर्न सक्ने सीएनएनले जनाएको हो। आर्टिफिसियल इन्टेलिजेन्समार्फत् पहिलो पटक डिजाइन गरिएको सिनोबोटले आफ्नो मर्मत आफैं गर्न र आफू जस्तै सन्तान जन्माउन सक्छ ।जैविक रोबोटसम्बन्धी नयाँ अध्ययनलाई पीएनएएस नामक जर्नलमा सोमबार प्रकाशित गरिएको छ ।

कच्चा पदार्थबाट आफू जस्तै सन्तान जन्माउन सक्ने स्वचालित रोबोटको अवधारणा पहिलो पटक सन् १९४८ मा हंगेरीका गणितज्ञ जोन भोन न्युम्यानले अघि सारेका थिए । हाल आएर न्युम्यानकको अवधारणाले सार्थकता पाएको छ।

आफैं सन्तान जन्माउन सक्ने रोबोट जैविक रुपमा बनाइएको हो। अर्थात् यो एल्युमिनियम, प्लास्टिक वा स्प्रोकेटबाट बनेको रोबोट होइन। प्रजनन क्षमता भएको मूल रोबोट र यसबाट जन्मिने सन्तानमा पूरै जैविक गुणहरू हुन्छन् ।

अफ्रिकामा पाइने जिनोपस लेभिस नामक भ्यागुताको ‘स्टेम सेल’ (मूल कोषिका) बाट निर्माण गरिएको हुनाले सन्तान जन्माउने पहिलो रोबोटको नाम जिनोबोट राखिएको समाचारमा उल्लेख छ । एक मिलिमिटरभन्दा कम चौडाइ रहेको जिनोबोट हिड्न, समूहमा काम गर्न र आफ्नो उपचार आफैं गर्न सक्छ ।

A xenobot with large hind limbs and smaller forelimbs, layered with red heart muscle.

जिनोबोटलाई भर्मोन्ट, टुफ्ट्स र हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएका हुन् । प्राणी वा वनस्पतिको भन्दा निकै भिन्न प्रकारको जैविक प्रजनन क्षमता पत्ता लागेपछि वैज्ञानिक आफै चकित बनेका छन् ।

‘यसबाट म चकित भएको छु’, नयाँ अनसन्धानमा संलग्न टुफ्ट्स विश्वविद्यालयका जीवशास्त्री माइकल लेभिनले भने ।वैज्ञानिहरूले जिनोबोट बनाउने क्रममा भ्यागुताको भ्रूणबाट जीवित ‘स्टेम’ कोशिषा लिकालेर कोरल्नका लागि इन्कुबेटरमा राखेका थिए ।

Some xenobots had holes in their center — which could potentially be used to transport drugs or medicines.

अनुसन्धानको नेतृत्व गरेका भर्मोन्ट विश्वविद्यालयका रोबोट विज्ञ एवं कम्प्युटर वैज्ञानिक जोश बोनगार्डले भ्यागुताको कोशिषामा कुनै आनुवंशिक परिवर्तन नगरिकनै जैविक रोबोट बनाएको बताए ।

‘अधिकांश मानिसले धातु वा सेरामिक्सबाट रोबोट बन्ने ठान्छन् तर मानिसका लागि आफैं काम गर्न सक्ने रोबोट यसरी मात्रै बन्दैन’, बोनगार्डले भने, ‘यसरी हेर्दा यो रोबोट पनि हो र आनुवंशिक परिवर्तनबिनै भ्यागुताको कोषिकाबाट बनेको जीवित वस्तु पनि हो ।’ सीएनएनबाट

तपाईको प्रतिक्रिया

RELATED POSTS