एजेन्सी । धनियाँले विभिन्न रोगबाट बचाउन सहयोग पुर्याउन सहयोग गर्छ । जसका लागि धनियाँको दाना भिजाएको पानी नियमित पिउने गर्नुपर्छ । धनियाँमा भएको पोटासियम, भिटामिन सी, क्याल्सियम र म्याग्नेसियमले शरीरमा सकारात्मक प्रभाव पार्छ ।

यसले पेटको समस्याबाट पनि बचाउने काम गर्छ । नियमित धनियाँको पानी प्रयोग गर्दा कलेजोको समस्याबाट समेत बच्न सकिन्छ । यसमा भएको फाइबर र इसेन्सियल आयलले कलेजोसँग सम्बन्धित रोगबाट बचाउने काम गर्छ ।

धनियाँमा डोडेनल भन्ने विशेष तत्व हुन्छ, जसले टाइफाइडको ब्याक्टेरियाबाट बचाउन मद्दत गर्छ । धनियाँको पानीले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा बढाउँछ । दैनिक सेवन गर्दा मुटुसम्बन्धी रोगबाट समेत बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS