काठमाडौं । श्रीलंकन् मुलकी बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डेज पक्राउ परेकी छन् । प्रहरीले अभिनेत्री ज्याकलीनलाई मुम्बई विमानस्थलबाट पक्राउ गरेको हो ।

भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा ज्याकलीनविरुद्ध ‘लुक आउट नोटिस’जारी गरेपछि उनी पक्राउ परेकी हुन् ।

विदेश जान लागेको अवस्थामा ज्याकलीनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको बताइएको छ । त्यस्तै प्रवर्तन निर्देशालयले २ सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ ।

अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलीनसँग पैसाको कारोबार गरेको खुलेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS