अहिलेसम्म ओमिक्रोनको विषयमा गरिएका विभिन्न अनुसन्धानहरु बाहिरिएका छन् । पछिल्लो समय फेरि वैज्ञानिकहरुले यसको लक्षणलाई लिएर गरेको अर्को अनुसन्धान बाहिरिएको छ । लण्डनको किंग्स कलेज र स्वास्थ्य विज्ञान कम्पनी (ZOE) का विशेषज्ञका अनुसार यदि बिरामीको छालामा असामान्य प्रकृतिको र्यासेज आउने र चिलाउने समस्या आयो भने यो ओमिक्रोन हुनसक्छ । यसका लागि छालामा आउने परिवर्तनलाई ध्यान दिनुपर्छ ।

सेतो र्यासेज

अनुसन्धानका अनुसार छालामा अचानक आउने र्यासेजले निकै धेरै चिलाउने समस्या आउँछ । यो केही समयमा नै आफै हराएर जान्छ । यो शरीरको कुनै पनि भागमा आउन सक्छ । यो सामान्यतयाः एलर्जी भएको समयमा हुने गर्छ तर, यो ओमिक्रोनको लक्षण पनि हुन सक्छ ।

घमौरा र ठेउला जस्ता लक्षण

यो धेरैजसो कुहिँना, घुँडा, हात र गोडामा देखिन्छ । सानो तर रातो रङको स–साना दाना जस्ता चिलाउने बिबिरा आउँछन् । यसले एक हप्तासम्म दुख दिन्छ ।

चिल्ब्लेन

चिसो मौसममा अत्यधिक चिसोले हातगोडा सुन्निने र रातो रगत जमेजस्तो हुने समस्या हुने गर्छ । तर अनुसन्धानले यो ओमिक्रोन हुँदा हुने लक्षण पनि भएको बताएको छ । यसमा चिलाउने र सुन्निने पनि गर्छ । केहीमा यो लक्षण संक्रमण सुरु भएपछि देखिन्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS