एशियाका सबैभन्दा ह्यान्डसम म्यान रहेका ऋतिक रोशन आज आफ्ना ४८ औँ जन्मदिन मनाइरहेका छन् । फिल्मी ब्याकग्राउन्ड भएता पनि ऋतिकले इन्डष्ट्रिमा आफ्नो स्थान बनाउन निकै संघर्ष गर्नुपर्यो । ऋतिकले सन् २००० को हिट फिल्म कहो ना प्यार हेबाट बलिउडमा धमाकेदार प्रवेश गरेका थिए । ऋतिक रोशनको लुक ग्रीसको देवताको जस्तै भएको धेरैले बताउने गर्छन् । त्यसैले उनलाई ग्रीक गड अफ बलिउड पनि भनिन्छ । आज अभिनेताको जन्मदिनको मौकामा उनीबारे केही जानकारी लिऔं ।

अतिरिक्त औंलाका कारण नजिक पर्दैनथे बच्चाः

ऋतिक रोशनको जन्म १० जनवरी सन् १९७४ मा मुम्बईमा भएको थियो । घरमा उनलाई प्रेमले डुग्गु भनिन्छ । ऋतिक दाहिने हातमा दुईवटा औंलासहित जन्मिएका थिए जसका कारण उनलाई अन्यभन्दा भिन्न सोचिन्थ्यो । अतिरिक्त औंला भएका कारण स्कूलमा सँगै पढ्ने बच्चा उनीबाट टाढा भाग्थे जसका कारण उनका साथी बन्न सकेनन् ।

वर्षौंसम्म भकभकाउने समस्याः

ऋतिक रोशन बाल्यकालदेखि नै भकभकाउँथे । यो समस्याका कारण ऋतिकलाई यति लज्जा महसुस हुन्थ्यो कि स्कूलको मौखिक परीक्षा उनलाई झिँझो लाग्थ्यो । परीक्षा दिन नपरोस् भनेर उनी कहिले घाउ भएको त कहिले बिरामी भएको बहाना बनाउँथे । घरका सदस्यले उनको स्पीच थेरेपी सुरु गराए जसका कारण उनलाई असाध्यै सहयोग मिल्यो ।

पहिलो स्क्रिन अपियरेन्सबाट पाएका थिए सय भारुः

पहिलोपटक ६ वर्षको उमेरमा फिल्म आशा (सन् १९८०) मा कास्ट गरिएको थियो । फिल्ममा उनी जितेन्द्रसँगको गीतमा नाचिरहेको देखिएका थिए । यो भूमिकाका लागि ऋतिकले सय भारु पारिश्रमिक पाएका थिए ।

१२ वर्षमा निभाए गोबिन्दाको छोराको भूमिकाः

ऋतिकले पहिलो पटक फिल्म भगवान दादा (सन् १९८६) मा स्क्रिनमा डायलग बोल्ने मौका पाए । यो फिल्ममा उनी मुख्य पात्र गोबिन्दाको धर्मपुत्रको भूमिकामा देखिएका थिए ।

२० वर्षको उमेरमै देखियो स्कोलियोसिसः

२० वर्षको उमेरमा ऋतिक स्कोलियोसिस नामको गम्भीर रोगको शिकार भएका थिए । यो मेरुदण्ड सम्बन्धि एक रोग हो जसका कारण डाक्टरले उनलाई नाच्न र स्टन्ट नगर्न सल्लाह दिएका थिए ।

रोगबारे पत्ता लागेको एक् वर्षपछि ऋतिकले डाक्टरको सल्लाहविरुद्ध जाँदै समुद्र किनारामा जगिङ गर्ने हिम्मत गरे । अभिनेता यसदिन वर्षामा फसेका थिए । जब उनलाई जगिङ गर्न समस्या भएन तब उनी क्रमशः तेज गतिमा दौडन सुरु गरे । यो दिनलाई ऋतिक आफ्नो जीवनको टर्निङ पोइन्ट मान्छन् ।

सह–निर्देशकको रुपमा गरे करियको सुरुवातः

ऋतिकले आफ्नो पिताको फिल्ममा सहयोग गर्न सुरु गरे । सुटिङका बेला ऋतिक भुइँ पुछ्ने र सेटमा भएका मानिसलाई चिया खुवाउने काम गर्दथे । उनले खुदगर्ज (सन् १९८७), किङ्ग अंकल (सन् १९९३), करण अर्जुन (सन् १९९५) र कोयलाजस्ता फिल्ममा सह–निर्देशकको रुपमा काम गरेका छन् ।

कोयला फिल्मको सुटिङका बेला शाहरुखको सीन दोहोराउँदै ऋतिकले आफू पनि फिल्ममा काम गर्ने निर्ण गरे । राकेश रोशनलाई सहयोग गर्दैगर्दा ऋतिकले किशोर नमित कपुरसँग अभिनयको तालिम लिए ।

अस्वीकार गरेका थिए कहो ना प्यार हे, ऋतिकले पाए मौकाः

ऋतिक रोशन सबैभन्दा पहिला शेखर कपुरको फिल्म ‘तारा रम पम पम’ बाट डेब्यू गर्ने भएका थिए तर यो फिल्म पोस्टपोन भयो । यसैबीच राकेश रोशनले फिल्म कहो ना प्यार हे सुरु गरे जसमा उनले ऋतिकलाई मुख्य भूमिका दिए ।

राकेश रोशन यमा शाहरुख खानलाई कास्ट गराउन चाहन्थे तर उनलाई यो स्क्रिप्ट मन परेन । पछि राकेशले अरुलाई हिरो बनाउनुको साटो ऋतिकलाई कास्ट गर्ने निर्णय गरे । फिल्ममा ऋतिक फिल्मफेय बेस्ट डेब्यु र बेस्ट मेलको अवार्ड पाए । यी दुई अवार्ड पाउने ऋतिक पहिलो अभिनेता थिए ।

३० हजार युवतीले राखेका थिए प्रेम प्रस्तावः

कहो न प्यार हे फिल्म हिट भएपछि ऋतिकलाई ३० हजार युवतीले प्रेम प्रस्ताव राखेका थिए । यो कुराको खुलासा अभिनेता आफैंले वार फिल्मको प्रोमोशनका बेला गरेका थिए ।

अण्डरवर्ल्डका व्यक्तिले चलाएका थिए राकेश रोशनमाथि गोलीः

फिल्ममा सफल भएपछि अण्डरवर्ल्डका मानिसले राकेश रोशनसँग पैसा मागेका थिए तर उनले दिन अस्वीकार गरेका थिए । राकेशले अस्वीकार गरेपछि केही सुटरले उनको अफिस बाहिर गोली चलाएका थिए । उनको डाइभरलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइयो । उनको ज्यान भने बच्न सफल भयो ।

करणले शोरुममा देखेर गरे ऋतिकलाई कास्टः

करण जोहरले ऋतिकलाई मनिष मल्होत्राको शोरुममा देखेका थिए । यहाँ उनलाई देख्नेबित्तिकै करणले उनलाई आफ्नो आउँदो फिल्म कभी खुसी कभी गममा अभिनय गराउने सोच बनाए ।

फिल्ममा ऋतिक रोहनको भूमिकामा थिए । यो फिल्म इन्डियन सिनेमाको सबैभन्दा सफल फिल्ममध्ये एक हो । फिल्मले संसारभरी १३६ करोड भारु कमाएको थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS